भारतीय प्रधानमन्त्री मोदीबारे बीबीसीको डकुमेन्ट्री प्रशारित युट्युब र ट्वीटर बन्द गर्न आदेश

Posted on: 22 Jan, 2023

माघ ८, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन भारतले सरकारले आदेश दिएको छ । बीबीसीले मोदीबारे बनाएको ‘इन्डिया : द मोदी क्वेसन’ को पहिलो एपिसोड युट्युबाट प्रशारण गरिएको थियो । भारतले युट्युबबाट सो डकुमेन्ट्री हटाउन आदेश दिएको छ । त्यतिमात्र होइन सो डकुमेन्ट्रीको युट्युब लिंक शेयर गरिएको पचासभन्दा धेरै ट्वीटर एकाउन्ट पनि बन्द गर्न भारत सरकारले आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

ट्विटर और यूट्यूब

भारत सरकारले नयाँ आईटी कानुनअनुसार ती लिंकहरू र युट्युबबाट डकुमेन्ट्री हटाउन भनिएपछि ट्वीटर र युट्युबले हटाएको बताइएको छ । डकुमेन्ट्रीमा सन् २००० मा गुजरातमा भएको हिंसाबारे विषय समेटिएको छ ।

जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सो हिंसामा करिब २ हजार मानिसहरू मारिएको बताइन्छ । हिन्दु र मुस्लिमबीच भएको सो हिंसामा तत्काली गुजरात सरकारले हिन्दुलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।

मोदी प्रधानमन्त्री बन्नुभन्दा पहिला सोही विषयलाई लिएर अमेरिकाले प्रतिबन्धसमेत लगाएको थियो । मोदीको भूमिकालाई लिएर उनीमाथि आरोपहरू लाग्दै आएको संवेदनशील विषयमा बीबीसीले डकुमेन्ट्री बनाएको हो । सो डकुमेन्ट्री भारतमा भने प्रशारण गरिएको थिएन । तर, झुटो विषय समेटिएको भारत सरकारको दाबी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!