स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।  तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ ।

पत्रकार सम्मेलनमा घोषणा गर्नु हुदै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ ।अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिनुभएको छ । 

निर्णयहरू अझै अन्तिम नभएका र  यस कारण दोषीहरूले पुनरावेदन खोज्न सक्ने उहाँले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!