दिल्लीमा लाश टुक्राटुक्रा पारिएको अर्को घटना सार्वजनिक

Posted on: 28 Nov, 2022

मङ्सिर १२, दिल्ली । दिल्लीमा एक युवतीको लाख टुक्राटुक्रा पारेर फ्रिजमा राखिएको घटना सेलाउन नपाउँदै त्यस्तै किसिमको अर्को घटना पनि सार्वजनिक भएको छ । 

पांडव नगरमा बस्ने एक पुरुषको लाशलाई काटेर फ्रिजमा राखिएको प्रहरीले फेला पारेको छ । हत्याराहरूले लाशको टुक्रालाई पांडव नगर र पूर्वी दिल्लीका विभिन्न भागमा फ्याँक्ने गरेका थिए । 

यस्तो खतरनाक हत्या आमाछोराको जोडीले गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरू आफ्नो घरमा शवको टुक्रा फ्रिजमा राख्थे अनि ठाउँठाउँमा फ्याँक्ने गर्थे । 


प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको छ । दिल्ली प्रहरीका अनुसार, मृतक अंजन दासलाई मारेर उसको लाशको १० वटा टुक्रा पारिएको थियो । मृतक अंजनले पुनम नामक महिलाकी बुहारी र छोरीमाथि कुदृष्टि राख्ने गरेका थिए । त्यसपछि अंजनकी पत्नीले छोरासँग मिलेर अंजनलाई मारिन् । 

उनीहरूले अंजनलाई गत मे महिनामा रक्सीमा बेहोश हुने कुरा राखेर पिउन दिएका थिए । अंजन बेहोश भएपछि दुवैजनाले शुरूमा उसको गर्दन काटे । 

शरीरबाट रगत पूरै बगेपछि दुवैले मिलेर लाशलाई १० टुक्रा पारे अनि अनेकौं ठाउँमा लगेर फाले । 

प्रहरीले ६ वटा टुक्रा भेटेको छ भने चारवटाको खोजी गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!