डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी

Posted on: 28 Sep, 2022

एजेन्सी | अहिलेको युग डिजिटल युग हो । अहिले अधिकांस मानिसहरु मोबाइल फोन तथा इन्टरनेटको पहुँचमा छन् । डिजिटल प्रविधिले मानिसहरुको जिवनमा ठूलो परिवर्तन ल्याएको छ ।

घरमै बसेर आफ्नो व्यवसायिक काम गर्न सम्भव भएको छ, भर्चुअल्ली । मानिसहरुको मोबाइल तथा टेलिभिजन जस्ता ग्याजेटमा खर्च गर्ने समय बढिरहेको छ । तर यो डिजिटल दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सूर्यास्तसँगै मानिसहरुले आफ्नो मोबाइल तथा टेलिभिजन बन्द गर्दछन् ।


उक्त गाउँमा बेलुकी हुने बित्तिकै मन्दिरमा एउटा साइरन बजाइन्छ । साइरन बजेसँगै गाउँका सबै मानिसहरु आफ्नो मोबाइल, टिभी तथा अन्य सबै ग्याजेटहरु बन्द गर्दछन् । साइरन बजेपछि स्कुले बच्चाहरु ग्याजेटबाट टाढा भएर किताब कापी समाउँछन् वा अभिभावकसँग कुराकानी गर्दछन् । दोश्रो साइरन नबज्दासम्म यो प्रक्रिया जारी रहन्छ ।

बेलुकी भएपछि मोबाइल तथा टिभी बन्द गर्ने सायद दुनियाकै एकमात्र गाउँ हो यो । भारतको महाराष्ट्रस्थित सांगलीमा रहेको उक्त गाउँको नाम मोहित्यान्चे वड गाउँ हो । त्यो गाउँमा मानिसहरु बेलुकी डेढ घण्टा मोबाइल, टिभी लगायतका ग्याजेट चलाउँदैनन् ।

करीब ३ हजार १ सय जनसंख्या रहेको उक्त गाउँमा हप्ताका सातवटै दिनमा त्यस्नो नियम पालना गरिन्छ । त्यसको निगरानीका लागि एक वार्ड वार कमिटी बनाइएको छ ।

गाउँका सरपञ्च विजय मोहितले मोबाइल तथा टिभी बन्द गर्ने प्रस्ताव राखेका छन् । उक्त विशेष अभियानमा मानिसहरुले साथ दिइरहेका छन् । स्थानीय मन्दिरबाट दिनहुँ बेलुकी ७ बजे एक साइरन बज्दछ ।

त्यसपछि मानिसहरुले आफ्नो मोबाइल फोन, टेलिभिजन सेट तथा अन्य ग्याजेटहरु बन्द गर्दछन् अनि किताब पढ्न थाल्दछन् । बालबालिकाहरु प्नि आफ्नो पढाइलेखाइमा लाग्दछन् र त्यसक्रममा अभिभावकहरुले पनि बच्चालाई पढाइमा सघाउँछन् । घरपरिवारका सदस्य सँगै बसेर कुराकानी गर्दछन् ।

डेढ घण्टापछि रातको साढे ८ बजे दोश्रो अलार्म साइरन बज्दछ । त्यसपछि मात्र मानिसहरुले घरका टिभी तथा आफ्ना मोबाइल फोन खोल्दछन् ।

सरपञ्च मोहितका अनुसार कोरोना भाइरस महामारीको लकडाउनका बेला अनलाइन कक्षा हुँदा बालबालिकाको हात हातमा मोबाइल फोन आएको हो । बच्चाहरु अनलाइन कक्षामा हुँदा अभिभावकहरु प्नि अबेरसम्म टिभी हेर्न थाले । तर जब स्कुल खुल्न थाले तब विद्यालय आएका विद्यार्थीहरु अल्छी भएको महसुस शिक्षकहरुलाई भयो । त्यसपछि गाउँमा डिजिटल डिटक्सको अभियान सुरु गरिएको हो । एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!