उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर चरा ठोक्किएपछि....

Posted on: 26 Jun, 2022

असार १२, काठमाडौँ | भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।


लखनउ जाँदै गर्दा आइतबार होलिकोप्टरमा चरा ठोक्किएपछि वाराणसी (बनारस)मा आकस्मिक अवतरण गराइएको हो ।

मुख्यमन्त्री योगी र उनको साथमा रहेका सदस्यहरु सबै सुरक्षित छन् । उनलाई अर्को हवाई जहाजको व्यवस्था गरी लखनउ लगिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!