अस्ट्रेलियामा आमनिर्वाचन

Posted on: 21 May, 2022

जेठ ७, सिड्नी | अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ । लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका छन् । प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन् । निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता छन् । अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् । सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ । निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!