विदेशीहरूलाई आफ्नो अदालतमा युद्धअपराधको मुद्दा चलाउने कानून ल्याउँदै अमेरिका

Posted on: 17 May, 2022

जेठ २, काठमाडौं | अमेरिकाको माथिल्लो सदन सिनेटमा विदेशीहरूका विरुद्ध युद्धअपराधको मुद्दा चलाउन लागि अमेरिकी अदालतलाई अनुमति दिने कानूनको मस्यौदा तयार गर्न लागिएको हो । 

रुसले युक्रेनमा सर्वसाधारणहरूलाई तारो बनाएको आरोप लगाउँदै त्यस्ता किसिमका युद्धअपराधमा अमेरिकी अदालतको क्षेत्राधिकार बढाउने कानून बनाउन लागिएको हो । 

अमेरिकाका युद्धअपराधहरूको मुद्दा चलाउन खोज्दा द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा अतिक्रमण गर्न सकिने अधिकार राख्ने अमेरिकाले के युद्धअपराध हो र के हैन भन्ने विषयमा फैसला गर्ने भएको छ । आफूलाई विश्वको प्रहरी ठान्ने सोच अमेरिकाले अझै पनि राखिरहेको यसबाट देखिने पर्यवेक्षकहरूले टिप्पणी गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!