चीनमा ९ चालक दलसहित ११३ यात्रुवाहक विमानमा आगलागी

Posted on: 12 May, 2022

वैशाख २९, काठमाडौं | चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ ।

११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ ।

सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा आगलागी भइरहेको विमानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । त्यस्तै भिडियोमा उद्धारकर्मी तथा अग्नि नियन्त्रकहरूले विमानमा पानी हालिरहेको समेत देखिन्छ ।

तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!