ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

Posted on: 21 Oct, 2021

कात्तिक ४, न्युयोर्क | एजेन्सी | अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेका हुन् । 

ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रुप टीएमटीजीले ट्रुथ सोशल सञ्चालन गर्नेछ । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने जनाइएको छ । 

गत वर्ष राष्ट्रपति निर्वाचनमा साम्प्रायिक र जातीय द्वन्द्व फैलाउने अभिव्यक्तिपछि ट्विटर र फेसबुकले ट्रम्पको एकाउन्ट निलम्बन गरिदिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!