भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तिमा २ सय ३७ जनाको निधन

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । 


घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् । 

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!