बङ्गलादेशमा सडक दुर्घटनामा १७ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

Posted on: 19 Mar, 2023

चैत ५, ढाका | बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् । 

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । 

थोत्रा सवारी साधन,  नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!