अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन् : मंगलबार पक्राउ पर्नसक्छु, आन्दोलन गर्नुहोला

Posted on: 19 Mar, 2023

चैत ५, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरूलाई गिरफ्तारीविरुद्ध आन्दोलन गर्न अपिल गरेका छन्।

उनले फेसबुक र ट्विटरले प्रतिवन्ध लगाएपछि आफैले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा आफ्नो सम्भावित गिरफ्तारीबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, 'रिपब्लिकन पार्टीका नेता तथा सयुक्त राज्य अमेरिकाका पूर्वप्रधानमन्त्री आगामी मंगलबार पक्राउ पर्न सक्छन्। गिरफ्तारीविरुद्ध प्रदर्शन गरी हाम्रो देशलाई फिर्ता ल्याउनुहोला।'

यद्यपि उनले पक्राउ पर्ने कारण भने खुलाएका छैनन्। तर उनको अभिव्यक्तिपछि धेरैले उनको गिरफ्तारीको कारण पोर्नस्टार स्टेफिनी क्लिफोर्डसँगको अफेयर हुनसक्ने आकलन गरेका छन्।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावको दौरान स्टेफिनी र ट्रम्पको अफेयरको चर्चा भएको थियो। ट्रम्पसँग अंगालो मारेको तस्वीर सार्वजनिक भएपछि उनलाई उनलाई मिडियाले त्यसबारे सोध्दा उनले बोल्न मानेकी थिइनन्।

तर सन् २०१९ मा उनले एक अन्तरवार्तामा सन् २००६ मा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताएकी थिइन्। उनले त्यसबारेमा नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको बताएकी थिइन्।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आफू पक्राउ पर्नसक्ने बताएपनि अदालतले उक्त विषयमा बोल्न अस्वीकार गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ट्रम्पको गिरफ्तारीबारे बोल्न अस्वीकार गरेको अलजजीराले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!