लियोनल मेसी इन्टर मियामीमा आबद्ध हुने

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी अमेरिकाको इन्टर मियामी क्लबमा आबद्ध हुने भएका छन् । बीबीसीका अनुसार अघिल्लो सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीबाट खेलेका मेसी इन्टर मियामीमा आबद्ध हुन लागेका हुन् ।


यसै सिजन पीएसजीबाट बिदा भएका उनलाई साउदी अरबको अल हिलाल क्लबले पनि प्रस्ताव गरेको बताइएको छ । यद्यपि उनले उक्त प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

३५ वर्षे मेसीले आफ्नो करिअरमा ७ पटक बालोन डिओर जितिसकेका छन् । बीबीसीका अनुसार उनले यस सिजन पनि युरोपमै बिताउन चाहेका थिए । यद्यपि युरोपेली क्लबबाट अपेक्षाकृत प्रस्ताव नआएपछि उनी अमेरिका जान लागेका हुन् ।

यसअघि उनी बार्सिलोना फर्किने हल्ला चलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!