आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ | काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्नु पर्नेसहितका माग गरेका छन् ।

उनीहरुले गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने माग गरिएको छ ।


आफ्नो माग पूरा नभएसम्म आचार्यको शव नउठाउने र अन्त्येष्टि नगर्ने परिवारको अडान छ । माग पत्रमा आचार्यले आत्मदाह गर्नुअघि राखेका २५ बुँदे सझावहरु सम्बोधन हुनु पर्ने, आचार्यले लिएको कर्जा राज्यले स्वामित्व लिई चुक्ता गरिदिनु पर्ने माग गरिएको छ ।

परिवारले मन्त्रालयका बुझाएको पत्रमा आचार्यको आत्मदाहको घटनालाई ‘बानेश्वरस्थिति भएको कृषि युवा व्यवसायीको बिद्रो स्वरुप गरेको आत्मदाह’ भनिएको छ । आचार्यले गत मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!