३० वर्षसम्म फ्रिजमा भ्रूण राखेर अमेरिकामा जन्माइयो जुम्ल्याहा

Posted on: 28 Nov, 2022

एजेन्सी | चिकित्सा विज्ञानका कैयन् प्रक्रियाहरु यतिधेरै चमत्कारिक छन् कि आम मानिसलाई त्यसमाथि विश्वास गर्न पनि गाह्रो पर्दछ । गतहप्ता अमेरिकामा जन्माइएका जुम्ल्याहा बच्चाले सबैको ध्यान तानेका छन् ।

हुनत जुम्ल्याहा बच्चा जन्मिनु कुनै चमत्कार होइन । तर अमेरिकामा जन्माइएका ती जुम्ल्याहा बच्चाको भ्रूण ३० वर्षसम्म फ्रिज गरेर सोही भ्रूणबाट बच्चा पैदा गरिएको छ ।


अमेरिकाको टेनिसीमा करीब ३० वर्षअघि डाक्टरहरुको एक समूहले जुम्ल्याहाको भ्रूण फ्रिज गरेका थिए । सन् १९९२ को अप्रिलमा एक जोडीले आइभिएफको सहयोगमा उक्त भ्रूण बनाएका थिए । त्यसपछि सो भ्रूणलाई लिक्विड नाइट्रोजनमा -१९६ डिग्री सेल्सियसमा सुरक्षित राखिएको थियो । त्यसयता ती भ्रूण जमेका थिए ।

अहिले सोही भ्रूणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन् । वास्तवमा त्यसबेला टेनिसीमा नेशनल एीम्ब्रयो डोनेसन सेन्टरलाई सो भ्रूण दान गरिएको थियो । यति लामो समयसम्म कुनै पनि भ्रूणलाई फ्रिज गरेर राख्नुर त्यसबाट सफलतापूर्वक बच्चाको जन्म गराउनु नयाँ रेकर्ड हो ।

यसअघि सन् २०२० मा यहीँ प्रक्रियाबाट २७ वर्ष पहिले फ्रिज गराइएका भ्रूणबाट बच्चा जन्माइएको थियो । अहिले ३० वर्ष पूरानो भ्रूणले त्यसको रेकर्ड तोडेको छ ।

चार सन्तानकी आमा रेशेल रिजवेले ३० वर्ष पूरानो भ्रूणलाई आफ्नो गर्भमा राखेर जुम्ल्याहा बच्चा जन्माएकी छिन् । जुम्ल्याहा बच्चाको लिडिया र टिमोथी राखिएको छ । एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!