थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

Posted on: 29 Sep, 2022

असोज १३, काठमाडौं | आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश र बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । शनिबार पनि पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!