फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

Posted on: 15 Aug, 2022

साउन ३०,  नुवाकोट | बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । 

‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!