ट्रमा सेन्टरको निमित्त मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त

Posted on: 23 Jun, 2022

असार ९, काठमाडौँ  | सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।


जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका १०औं तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!