‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौं | प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन् । 

कांग्रेस सांसद गगन थापाले उक्त घटनाबारे कुरा उठान गरेका थिए । ८ वर्ष पुरानो बलात्कार प्रकरणमा तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको ध्यानाकर्षणपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

‘ब्यूटी प्याजेन्ट’ मा भाग लिँदा बलात्कार परेको भन्दै युवतीले भिडियो सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएपछि उक्त प्रकरण सामाजिक सञ्जाल हुँदै संसदसम्म पुगेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!