आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

Posted on: 13 May, 2022

वैशाख ३०, काठमाडाैं । आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएकाे छ ।

महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!