कोरोना संक्रमित ४०० जना भेन्टिलेटरमा र १,२५९ जना आईसीयूमा उपचार हुँदै

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौं । नेपालमा हाल भेन्टिलेटरमा चार सय कोरोना संक्रमित रहेका छन् । यस्तै आईसीयूमा उपचाररत संक्रमितको संख्या एक हजार २५९ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ५२, प्रदेश २ मा ५७, वाग्मती प्रदेशमा सबैभन्दा धेरै २२३ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३३, लुम्बिनीमा १८, कर्णालीमा ८ र सुदूरपश्चिममा ९ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५२९ उपचाररत छन् । प्रदेश १ मा १७४, प्रदेश २ मा २०७, गण्डकी प्रदेशमा ११६, लुम्बिनीमा ११३, कर्णालीमा ८१ र सुदूरपश्चिम प्रदेशमा ३९ संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १३ हजार ४८० छ । होम आइसोलेसनमा १ लाख ६ हजार ५१० बसेका छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ९७० रहेका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!