बुद्ध एयरले १८ लाख यात्रुलाई सेवा दिएको विमानको गर्यो बिदाई

Posted on: 10 Sep, 2024

भदौ २५, काठमाडौँ । बुद्ध एयरले १६ वर्ष उडेको जहाज ‘एटिआर ४२ नाइन एन–एआइन’को बिदाइ गरेको छ । उक्त जहाजले ७० हजार उडान साइकल पूरा गरेको थियो ।

बुद्ध एयरले आज उक्त विमानलाई बिदाइ गरेको हो । सन् २००८ आईएफसीको ऋण सहयोगमा दुई एटीआर–४२–३२० ल्याएको थियो । १६ वर्षयता बुध्द एयरले १९ वटा एटीआर जहाज भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

नेपाली आकाशमा १६ वर्ष उडान भरेको नाइन एन–एआइएनले आज काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।  यस अवधिमा जहाजले ४४ हजार ४७७ पटक उडान गरी १८ लाख यात्रुलाई सेवा दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!