धनगढी उडेको श्री एयरको जहाजमा ‘प्रेसराइजेसन फिलियर’पछि काठमाडौं फिर्ता

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौँ । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फिलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौं नै फिर्ता आएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फिलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो ।  उक्त जहाज काठमाडौंमा सुरक्षित रूपमा अवतरण भइसकेको छ ।

जहाजले टेक अफ लिएर ‘क्लाइम्ब’ गर्ने बेलामा बाहिरको एयर प्रेसर र क्याबिनको एयर प्रेसर सन्तुलन गर्ने सिस्टममा समस्या आएपछि फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!