एएफसी यू-२० एसियन कप छनोट : नेपाली महिला टीमको बिदाई

Posted on: 04 Jun, 2023

जेठ २१, काठमाडौँ | अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीलाई बिदाई गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली महिला टोलीलाई बिदाई गरे । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!