वैदेशिक रोजगार विभाग ताहाचलमा सर्‍यो, आजदेखि आंशिक सेवा प्रदान

Posted on: 04 Jun, 2023

जेठ २१, काठमाडौँ | बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो । 

विभागका महानिर्देशक मदन दाहालले आजदेखि आंशिक रूपमा सरेको जानकारी दिए । असार १ गतेदेखि पूर्ण रूपमा सर्ने उनको भनाइ छ ।कार्यालय पूर्ण रूपमा नसर्दासम्म दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको उनले बताए। 

 ‘शुक्रबारदेखि नै सामान सार्न थालेका थियौँ । सबै सरिसक्न केही समय लाग्छ । त्यसैले आजदेखि ताचाहल र बुद्धनगरबाट समेत सेवा प्रदान गरिरहेका छौं ।’ महानिर्देशक दाहालले भने । 

सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो । विभागमा दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।  

विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्न लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!