टिकटकर रिदम क्षेत्रीले दुर्गेश थापाविरुद्धको उजुरी लिए फिर्ता

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | आफूलाई कुटपिट गरेको भन्दै गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्रीले उजुरी फिर्ता लिएका छन् ।

म्युजिक भिडियो कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका थिए ।

प्रहरीले मंगलवार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । सो क्रममा दुवैले अब एक–अर्काविरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् ।

दुर्गेशले फेसबुकमा स्टाटस लेख्दै उक्त विवाद अन्त्य गरेको जानकारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!