प्रचण्डलाई रबिको धम्की : ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं’

Posted on: 31 Jan, 2023

माघ १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साझसम्म गृह मन्त्रालय नदिए सरकार छोड्ने चेतावनी दिएका छन्।

लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच आज बालुवाटारमा भएको भेटवार्तामा लामिछानेले आफूलाई गृहमन्त्रीको रुपमा साझसम्म नियुक्ति नगरे सरकार छोड्ने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ।


तर प्रधानमन्त्री प्रचण्डले यस विषयमा सत्तारुढ दलहरुसँगपनि छलफल गर्नुपर्ने बताएको स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड रबिलाई पुन: गृहमन्त्री नबनाउने मुडमा रहेको र आफ्नै पार्टीबाट गृहमन्त्री बनाउने तयारीमा रहेका छन्।

लामिछानेलाई गत शुक्रबार सर्वोच्च अदालतले पुन: नेपाली नागरिकता प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेज गरेको थियो। त्यसलगत्तै आइतबार लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नेपाली नागरिकता लिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!