राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकबाट डोल प्रसाद बने सभापति

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौं । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति भएका छन् । समानुपातिक सांसद समेत रहेका अर्याल पार्टीमा उपसभापति पदमा थिए ।


सर्वोच्च अदालतनको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।

सभापति पदमा चयन भएका अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!