सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी, रविको मुद्दामा आजै आदेश आउने सम्भावना

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि सर्वोच्च अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुद्दाको आदेशबारे न्यायाधीशहरू छलफलमा बसेपछि सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दाको आजै संक्षिप्त फैसला आउने सम्भावना छ । अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति छ । अदालत आसपास पत्रकारदेखि सर्वसाधरण पनि फैसलाको व्यग्र प्रतिक्षामा छन् ।

कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको उनीमाथि आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!