न्यायाधीश खतिवडाले भने- रवि लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी बनाएको कुरा स्थापित

Posted on: 27 Jan, 2023

माघ १३, काठमाडौं | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। अहिले लामिछानेका वकिलहरूले बहस गरिसकेका छन्।

बहसका क्रममा लामिछानेका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले इजलासमा रविको राहदानीको पनि कुरा उठे पनि त्यो रिटको विषय नभएको बताए।

‘यो रिट उनको नागरिकता र प्रतिनिधि सभा सदस्य हुन योग्य नरहेको भन्ने विषयमा हो, राहदानीको विषयतिर म जान्नँ। अनुसन्धानले देखाउला,’ उनले भने।

अधिवक्ता गौतमले यति भनेपछि इजलासमा रहेका न्यायाधीश ईश्वर खतिवडाले भने- तपाईंले राहदानीको कुरा कोट्याइहाल्नुभयो। लामिछानेले अमेरिकी नागरिकता लिएको, सन् २०१५ मा कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी नयाँ राहदानी बनाएको र २०१८ मा अमेरिकी राहदानी त्यागेको त स्थापित तथ्य हुन्।

उनले केसीलाई सोधे- कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ?

जवाफमा केसीले त्यो कुरा रिट निवदेकको विषय नभएकाले के-कसो भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताए।

सुनुवाइ जारी छ। यो मुद्दामा आजै सुनुवाइ सकिएर आदेश आउने सम्भावना छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!