यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट भएका १० देश, नेपाल कुन स्थानमा ?

Posted on: 07 Dec, 2022

मङ्सिर २१, काठमाडौँ | विश्वमा कुन देशको राहदानी सबैभन्दा शक्तिशाली र कुन देशको राहदानी सबैभन्दा कमजोर रहेको प्रस्तुत गर्दै सन् २०२२ को राहदानी (पासपोर्ट) को र्याङ्किङ सार्वजनिक भएको छ । 

हेन्ले पासपोर्ट सूचकांकले इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले पासपोर्ट स्वतन्त्रतामा उपलब्ध गराएको विशेष डाटाको आधारमा र्याङ्किङ जारी गर्ने गर्दछ । यसले विश्वका सबै पासपोर्टहरूलाई सबैभन्दा कमजोरदेखि बलियोसम्म क्रमबद्ध रुपमा प्रकासन गर्ने काम गर्दछ । हेन्लेले प्रत्येक पासपोर्ट धारकले भिसा बिना कति देशहरूमा यात्रा गर्न सक्छ भनेर विचार गर्दछ। 


संसारमा सबैभन्दा बलियो १० पासपोर्टहरु

१.जापान 

२. सिंगापुर 

३. दक्षिण कोरिया 

४. जर्मनी 

५. स्पेन

६. फिनल्याण्ड 

७. इटाली 

८. लक्जमबर्ग

९.अस्ट्रिया 

१०. डेनमार्क

सार्वजनिक गरेको उक्त राहदानी (पासपोर्ट) को र्याङ्किङ अनुसार विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये जापानको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट हो । हेन्लेले सार्वजनिक गरेको उक्त पासपोर्ट र्याङ्किङ अनुसार यदि कुनै यात्रीसँग जापानी पासपोर्ट छ भने, उसले बिना कुनै झन्झट १९३ देशहरूमा प्रवेश गर्न सक्छ। जापानी पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्।

यस्तै, सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको दोस्रो स्थानमा रहेको छ । यी देशका राहदानी भएका व्यक्तिहरूले पूर्व भिसा बिना नै १९२ देशहरू मा प्रवेश वा यात्रा गर्न सक्छन्। 

त्यसैगरी दक्षिण कोरियाको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको तेस्रो स्थानमा छन् । यो देशका नागरिकले पूर्व भिसा बिना १९२ देशको यात्रा गर्न सक्छन् । 

यस्तै, जर्मनी चौथो स्थानमा छ भने स्पेन पाचौँ स्थानमा छ यी दुवै देहका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना १९० देशहरूमा यात्रा गर्न सक्छ । 

फिनल्याण्ड, इटाली र लक्जमबर्ग क्रमश छैँटो, सातौ र आठौँ स्थानमा छ । यी तिन देशका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना नै १८९ देशरुमा यात्रा तथा भ्रमण गर्न सक्छन् । 

यस्तै विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये नवौँ र दसौँ स्थानमा क्रमश अस्ट्रिया र डेनमार्क रहेको छ । यी दुइ देशका नागरीकले भने पूर्व भिसा बिना नै १८८ देशका भ्रमण गर्न सक्छन् । 

शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ। सबैभन्दा कमजोर ७ पासपोर्टको सूचीमा नेपाल परेको छ। नेपालको स्थान १०५ औं छ। नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ३८ देशको मात्र यात्रा गर्न सक्छन्।

सार्वजनिक गरेको उक्त पासपोर्टको र्याङ्किङ अनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २७ देशको मात्र यात्राको अनुमति छ। इराकीले १९ गन्तव्य, सिरियालीले ३० गन्तव्य, पाकिस्तानीले ३२ गन्तव्य, यमनीले ३४ गन्तव्य, सोमालियालीले ३५ गन्तव्य, नेपाली र प्यालेस्टाइनीले ३८ गन्तव्य र उत्तर कोरियालीले ४० गन्तव्य बिना भिसा यात्रा गर्न पाउँछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!