घण्टीका पौडेलद्वारा एमालेका पौडेलविरुद्ध सर्वोच्चमा मुद्दा दायर

Posted on: 07 Dec, 2022

मङ्सिर २१, रुपन्देही | नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । 

निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले मुद्दा हालेका हुन् ।

 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका पौडेललाई धाँधली गरेर जिताइएको उनको आरोप छ । 

आफूलाई मतगणनास्थलमा जानसमेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको उनको दाबी छ । 

रास्वपाका पौडेलले हिजो मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । एमालेका पौडेल २७ हजार १६५ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

त्यस्तै, उनका प्रतिस्पर्धी रास्वपाका पौडेलले २५ हजार ७९५ मत प्राप्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!