समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए?

Posted on: 06 Dec, 2022

मङ्सिर २०, काठमाडौँ |  प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना अन्तिम चरणमा आई पुगेको छ ।

मंगलबार बिहान सम्म एक करोड ४ लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा एमाले अग्रस्थानमा छ । एमालेले २८ लाख १४ हजार ६५५ मत कटाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत प्राप्त गरको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत प्राप्त गरको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत प्राप्त गरको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत प्राप्त गरको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्र प्राप्त गरको छ ।

समानुपातिकको लागि सात दलको सिट सुनिश्चित देखिएको छ। कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यसअनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। सो मत प्राप्त गर्न नसके समानुपातिकको ११० सिटको भागवण्डामा उक्त दल पर्दैन।

दलहरुले प्राप्त गरेको मतलाई समेत सदर मत नमानिने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्, अर्थात थ्रेस होल्ड नकटाएका दलले प्राप्त गरेको मत बदर मानिन्छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!