वैज्ञानिकले भेटे यस्तो क्षुद्रग्रह जसले धर्तीको ‘हत्या’ गर्नसक्छ

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । चिलीको सेरो टोलोलो इन्टर–अमेरिकन अब्जरवेटरीमा नेशनल साइन्स फाउन्डेशनका वैज्ञानिकले यस्तो क्षुद्रग्रह पत्ता लगाएको छ जसले पृथ्वीको हत्या गर्न सक्छ । यो करिब डेढ किलोमिटर चौडा ढुङ्गा हो जुन अलिकति पनि नजिकबाट यात्रा गर्यो भने धर्तीमा ठूलो विध्वंश मच्चिन सक्छ । अझ ठोक्कियो नै भने थुप्रै महाद्वीपमा भयानक बर्बादी देख्न सकिनेछ । डायनासोर लोप हुने बेलामा जस्तो स्थिति देखिएको थियो, त्यस्तै स्थिति हुनसक्छ ।

यो क्षुद्रग्रहको नाम 2022AP7 राखिएको छ । यो हाल हाम्रो पृथ्वीभन्दा ७०.८१ लाख किलोमिटर टाढा सूर्यको कक्षमा धर्तीको चारैतिर चक्कर लगाइरहेको छ । यो दुरी पृथ्वीको चन्द्रको दुरीभन्दा १८ गुणा बढी हो । तर यो एक ‘पोटेन्सियल्ली हजार्ड्स एस्टेरोइड’ को श्रेणीमा राखिएको छ । वैज्ञानिकका अनुसार हालसम्म जति क्षुद्रग्रहबारे पत्ता लागेको छ, तीमध्ये यो क्षुद्रग्रहबाट मात्रै पृथ्वीलाई खतरा छ । यद्यपि, ठोक्किने सम्भावना न्युन छ । तर नजिकैबाट यात्रा गरेको खण्डमा पनि यसले ठूलो विनाश निम्त्याउँछ ।

In Pics: From 252-foot to 12-foot, 5 dangerous asteroids set to pass Earth  soon | Photos

कार्नेगी इन्स्टिच्युट फर साइन्सका एस्ट्रोनमर स्कट शेफर्डले भने, ‘हामी यस्ता क्षुद्रग्रहलाई ‘ग्रहका हत्यारा’ (Planet Killer) भन्छौँ । यदि यो धर्तीबाट ठोक्कियो भने यसले पूरा ग्रहमा ठूलो विनाश निम्त्याउँछ । यसका कारण थुप्रै महाद्वीपमा जीवन नष्ट हुनेछ । यो क्षुद्रग्रह ती तीन वस्तुमा समावेश छ जुन सूर्यको चर्को प्रकाशको मुनी लुकेका छन् । यो क्षुद्रग्रहको सबैभन्दा ठूलो खतरा यसको आकार हो किनभने यो धर्तीको वायुमण्डलमा आएपछि पूर्ण रुपमा जल्ने छैन । जति पनि हिस्सा बाँकी हुनेछ, त्यसले ठूलो विपत्ति लिएर आउनेछ ।’

2022AP7 पछिल्लो आठ वर्षमा पत्ता लागेको हालसम्मको सबैभन्दा ठूलो र खतरनाक क्षुद्रग्रह हो । यसलाई यस वर्ष सबैभन्दा पहिला जनवरीमा पत्ता लगाइएको थियो । तर सूर्यको प्रकाशको पछाडि भएका कारण यसलाई राम्रोसँग देखिएको थिएन । त्यसैले यसबारे अनुसन्धान गर्न समस्या भइरहेको थियो । त्यसपछि विश्वभरीका थुप्रै दुरबीनलाई यो काममा लगाइयो । त्यसपछि यसबारे केही जानकारी प्राप्त गर्न सकियो । यसबारे द एस्ट्रोनोमिकल जर्नलमारिपोर्ट प्रकाशित भएको छ ।

साउथवेस्ट रिसर्च इन्स्टिच्युटको प्लानेटरी बेकरले दिएको जानकारी अनुसार क्षुद्रग्रह 2022AP7 अर्को एक शताब्दी वा त्योभन्दा थोरै बढी समयसम्म धर्तीको दिशामा आउने छैन । तर त्यसपछि यो पृथ्वीको निकै नजिकबाट यात्रा गर्ने आशंका बढ्ने गर्छ किनभने हाम्रो धर्तीको गुरुत्वाकर्षण शक्ति निकै धेरै छ त्यसैले यसलाई धर्तीतर्फ तान्न सक्छ । यो क्षुद्रग्रह सूर्यतर्फ यस्तो दिशामा छ जसका कारण यो लगातार चम्किरहेको जस्तो देखिन्छ । यो जति जति धर्तीको नजिक आउँछ, यसको चमक त्यति नै बढ्दै जानेछ ।

यो क्षुद्रग्रह वायुमण्डलमा आएपछि एक चौथाई नष्ट हुनेछ अर्थात् यो जल्नेछ । तरपनि यसको बाँकी ७५ प्रतिशत हिस्साले पृथ्वीको ठूलो विनाश निम्त्याउनेछ । यो विनाश समग्र धर्तीमा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!