समानुपातिकमा अब १५ प्रतिशत मत गन्न बाँकी : घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ  । 

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

समानुपातिकतर्फ तेस्रो बन्न नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको कडा टक्कर देखिएको छ । आइतबारसाँझदेखि घण्टीले लिएको अग्रता तोड्दै फेरि माओवादी केन्द्र अघि बढेको छ । 

एमाले र माओवादी क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । 

हेर्नुहोस् निर्वाचन आयोगले सार्वजनिक गरेको अहिलेसम्मको मतपरिणाम:


यस बिषयमा तपाइको प्रतिक्रिया...!