अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ, ५५ करोड थियो इनाम

Posted on: 25 Nov, 2022

मंसिर ९, काठमाडौं | चार वर्षअघि अस्ट्रेलियामा एक महिलाको हत्या गरेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिको नाम राजविंदर सिंह हो ।

२४ वर्षीय टोया कोर्डिङ्लेको शव अक्टोबर २०१८ मा फेला परेको थियो । यसलाई निकै क्रूर हमला भनिएको थियो ।


यस महिनाको सुरुमा क्वीन्सल्याण्ड सरकारले आरोपीको जानकारी दिनेलाई ५५ करोड भारतीय रुपैयाँ पुरस्कार तोकेको थियो ।

क्वीन्सल्याण्ड प्रहरीले आरोपितलाई भारतीय अधिकारीहरूले शुक्रबार दिल्लीबाट पक्राउ गरेको बताएको छ । उनको अष्ट्रेलिया सुपुर्दगीका लागि छिट्टै सुनुवाइ हुनेछ ।

अष्ट्रेलिया ल्याएपछि आरोपितमाथि फौजदारी मुद्दा चलाइनेछ ।

क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याट्रिना क्यालोरले भनिन्, ‘म पक्का छु कि हाम्रो मुद्दा अदालतमा लैजान निकै बलियो छ ।’

राजविंदर सिंह नर्सको रूपमा काम गर्थे । तर, टोयाको शव भेटिएपछि उनी आफ्नो जागिर, श्रीमती र तीन छोराछोरी छोडेर भागेका थिए । उनको तस्बिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको थियो ।

टोया कोर्डिंग्ले २१ अक्टोबर २०१८ मा वानजेटी बीचमा आफ्नो कुकुरलाई घुमाउनका लागि गएकी थिइन् । तर उनी त्यहाँबाट फर्किइनन् । त्यसको भोलिपल्ट महिलाका पिताले उनको आधा जलेको शव भेटे ।

मूलतः पञ्जाबको बटर कलानका बासिन्दा राखविन्दर  सिंह हत्याका बेला इनिसफेलमा बस्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!