ओलीलाई भेट्न बालकोट पुगिन् रेखा, समसामयिक राजनीति र चुनावबारे छलफल

Posted on: 12 Aug, 2022

साउन २७, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ ।


ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटबारे कुरा गर्दै रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको बताइन् ।

‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो,’ रेखाले भनिन्, ‘राजनीतिमा छोरीहरुको अवस्थाबारे पनि छलफल भयो । उहाँ अभिभावकजस्तै हो नि त ।’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन् । यसबारे पनि कुराकानी भएको रेखाले बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!