आरजूलाई कोरोना, बालुवाटारको क्वारेन्टाइनमै आराम गर्दै

Posted on: 30 Jun, 2022

असार १६, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संक्रमित आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

कोभिड भाइरस संक्रमण भएपछि आरजु केही दिनयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन्।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्ने क्रम सुरु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!