विराटनगर महानगरको मेयरका लागि गठबन्धनतर्फका नागेशको अग्रता, कति मत ल्याए?

Posted on: 20 May, 2022

जेठ ६, विराटनगर |  विराटनगर महानगरपालिकाको मेयरका लागि गठबन्धनतर्फका कांग्रेस उम्मेदवार नागेश कोइरालाले २५ हजार भन्दाबढी मत पाएका छन्।

आदर्श माविमा गरिएको मतपरिणाम अनुसार कोइरालाले हालसम्मको गणनामा २५ हजार ३ सय १२ मत हासिल गरेका छन्। उनले एमालेका उम्मेदवार सागर थापासँगको मतान्तरलाई ६ हजार ४ सय ७७ पुराएका छन्। थापाले १८ हजार ८ सय ३५ मत पाएका छन्। स्वतन्त्रतर्फका उमेश यादवले ७ हजार ६ सय ६५ मत हासिल गरेका छन्।

                

उनी दौडको तेस्रो स्थानमा रहिरहँदा राप्रपाका उम्मेदवार प्रह्लाद साह ४ हजार ७ सय २९ मतसहित चौथो स्थानमा रहेका छन्।

अर्कोतर्फ उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २२ हजार १४ मतसहित पहिलोस्थान कायम छन्।

कार्कीले उपमेयरमा ९ हजार ६ सय ४८ मतको फराकिलो अन्तर बनाएकी छन्। उनको निकटतम प्रतिष्पर्धी उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत पाएका छन्। त्यसैगरी, राप्रपाकी उम्मेदवार विन्दा लुइटेल आचार्यले ५ हजार ७ सय ६५ मतसहित तेस्रोस्थानमा रहेकी छन्। स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ५ सय ५० मत पाएकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!