काठमाडौँ महानगरको मेयरमा स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ | काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ । 


काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले अग्रता बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले ६ हजार ८ सय ८६ मत ल्याएर अग्रस्थानमा छन् । 

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ५ सय ६२ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!