एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी

Posted on: 29 Nov, 2021

मङ्सिर १३, सौराहा | नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् । 

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । 

उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!