एमाले महाधिवेशन : केन्द्रीय कमिटी र पदाधिकारीको नाम लेख्दै मेट्दै ओली

Posted on: 28 Nov, 2021

मंसिर १२, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनावमा देखीएका छन् । चितवनको सौराहामा जारी पार्टीको दशौँ महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएपछि उओली तनावमा देखिएका छन्।

पद भन्दा बढी आकांक्षीहरूको दाबी परेपछि पदाधिकारी र केन्द्रीय कमिटी छान्न ओलीलाई सकस परेको छ। सौराहास्थित एक होटेलमा ओली आफूनिकट नेताहरूसँग बस्दै केन्द्रीय कमिटी र पदाधिकारीको सूची हेरफेर गर्न व्यस्त रहेका छन् ।

ओलीनिकट एक नेताले भने, ‘नाम लेख्दै मेट्दै गर्नुपरेको छ। ‘सहमतिका लागि प्रयासहरू पनि जारी छन्।’

२ हजार बढी प्रतिनिधि सम्मिलित नेकपा एमालेको दशौँ महाधिवेशनमा नेता छान्ने जिम्मा ओलीको भागमा परेको छ। अध्यक्षमा ओलीलाई भीम रावलले चुनौती दिएका छन भने उपाध्यक्षमा घनश्याम भुसालको दाबी रहेको छ।

दुवै नेतालाई ओलीले पदाधिकारीमा पार्न चाहेका छैनन्। त्यस्तै महासचिवमा पनि विष्णु पौडेल र शंकर पोखरेलबीच कसले बाजी मार्ने भन्ने टसल रहेको छ।

वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोखरेललाई ल्याउने चाहना राखेको भएपनि सुवासचन्द्र नेम्वाङले आफ्नो अडान छाडेका छैनन्। निर्वाचन गर्न ओली चाँहदैनन् भने आफ्नो अडान छोड्न आकांक्षीहरू मानिरहेका छैनन्।

केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिरभन्दा अध्यक्ष ओली र उन निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लविङ गरिरहेका छन्।

त्यसरी जाने नेता र प्रतिनिधिलाई अध्यक्ष ओलीले ठोस जवाफ नदिइ फर्काउने गरेको बुझिएको छ। सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!