ओली-नेपालबीच सहमतिसंगै एमालेमा बन्यो नयाँ कार्यदल, को-को छन् कार्यदलमा ?

Posted on: 16 May, 2021

जेठ २, काठमाडौं । सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदल गठनको जानकारी दिँदै वरिष्ठ नेता नेपालले जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको बताएका छन् । नेता नेपालको तीन दिनमा वार्ता सक्ने भने पनि केहि समय बढाउने कुरा भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!