ओडिशा रेल दुर्घटना : जब मुर्दाघरमा एक बुवाले आफ्नो छोरालाई जिउँदै भेटे...

Posted on: 07 Jun, 2023

जेठ २४, काठमाडौँ | भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् । 

समाचारमा जनाइएअनुसार १०० भन्दा धेरै शवको पहिचान हुन बाँकी छ । आफन्तहरूले शवमा आफ्नो मान्छे खोजिरहेका छन् ।


तर, पाँच दिनपछि एक जनाले आफ्नो छोरालाई जिउँदै फेला पारेका छन् । मृतकको बिचमा राखिएको शवमा खोज्दै जाँदा उनले आफ्नो छोरालाई जिउँदै फेला पारेका हुन् । 

दैनिक भास्करका अनुसार जसलाई मरेको भनेर शवहरूसँगै राखिएको थियो, त्यहाँ खोज्दै जाँदा उसले हात हल्लाएपछि जिउँदै फेला पारिएको हो । हेलाराम मलिक नामका ती व्यक्तिले आफ्नो छोरालाई घाइते अवस्थामा जिउँदै फेला पारेको समाचारमा उल्लेख छ । 

'२ जुनमा मेरो छोरा संतरागाचीबाट कारोमन्डल जान ट्रेन चढेको थियो । ऊ चेन्नई गइरहेको थियो,' मलिकलाई उदृत गर्दै दैनिक भास्करले लेखेको छ, 'करिब साढे ७ बजे उसले ट्रेन दुर्घटना भयो र म गम्भीर घाइते भएँ भनेर मलाई फोन गरेको थियो । फोन गर्दागर्दै ऊ बेहोस् भयो सायद बोल्न छोडेको थियो ।'

छोराको फोनपछि मलिक दुर्घटनास्थलमा खोज्न हिँडे । तर, उसलाई मरेको ठानेर शवहरूसँगै राखिएको रहेछ । बालासोर स्कूलमा बनाइएको मुर्दा घरमा उसलाई राखिएको थियो ।

जब होस आयो उसले हात हल्लायो । ऊ जिउँदै रहेको पत्ता लागेपछि अहिले अस्पताल लगिएको भास्करले समाचारमा जनाइएको छ । बुवाले आफ्नो छोरा बाच्ने आशा गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!