चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश- जुलाई अन्तिम वा अगस्ट पहिलाे सातासम्म भ्रमणको सम्भावना छ

Posted on: 02 Jun, 2023

जेठ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनलाई जुलाईको अन्तिम वा अगस्टको पहिलो सातातिर भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण गएको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीलाई प्रचण्डले आफ्नो चीन भ्रमणको सन्देश पठाएका हुन् ।

चीनबाट फर्केपछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष सापकोटाले भने, ‘चीन भ्रमण जानुअघि मैले प्रधानमन्त्रीसँग पनि छलफल गरेको थिएँ । उहाँले जुलाईको लास्ट वा अगस्टको फस्टतिर भ्रमणको सम्भावना छ भनेर भन्नुभएको थियो ।’

प्रधानमन्त्री प्रचण्ड अहिले चारदिने भारत भ्रमणमा छन् । यस्तै बीआरआईअन्तर्गतको सस्तो व्याजमा ऋण भनिए पनि त्यसलाई केही योजनाहरुलाई अनुदानमा बनाउन आग्रह गर्न सन्देश पठाएको उनले बताए । आर्थिक विकास र विकास निर्माणको कुरालाई विशेष जोड दिएर आफूहले कुरा राखेको सापकोटाको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय व्यापारिक नाकालाई व्यवस्थित गरेर सबै नाकालाई खुलाउन आग्रह गर्दा चीन सकारात्मक पाइएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!