सत्ता गठबन्धनको बैठक स्थगित, आजै दिउँसो तीन बजे पुन: बस्ने

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ | मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक स्थगित भएको छ | भागबण्डामा सहमति नजुटेपछि आजै दिउँसो तीन बजे फेरि बस्ने गरी  बिहानको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।   

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार स्रोतले  जनाएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!