बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, न्यूनतम साझा कार्यक्रमको अन्तिम रूप दिने तयारी

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौं | प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बुधबार बिहान बसेको हो ।

मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ-आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!