'सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !'

Posted on: 12 May, 2021

वैशाख २९, वैशाख । अर्जुन पराजुली ।


सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा 

तेरो स्मार्ट- सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

-प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!