नारायणी नदीमा एक जनाले हाम फालेपछि...

Posted on: 29 Aug, 2022

भदौ १३, चितवन | चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् ।


प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् ।

उनी हामफालेको थाहा पाउनेवित्तिकै प्रहरीले खोजी सुरु गरेको थियो । तर उनको अवस्था पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एक साता अघि पनि नारायणी पुलबाट एक युवती नदीमा हामफालेकी थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!