के तपाइँ धेरै अग्लो हुनुहुन्छ? तपाइँमा हुन सक्छ दर्जनौँ स्वास्थ्य समस्या

Posted on: 06 Jun, 2022

एजेन्सी | के तपाइँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको जोखिम हुन सक्छ ।  

अनुसन्धानकर्ताहरूले अमेरिकाका २ लाख ५० हजार गोरा, अश्वेत पुरुष, हिस्पानिक र महिलाका १ हजारभन्दा बढी अवस्था अध्ययन गरेका थिए ।  

अनियमित रुपमा मुटुको धड्कन, पिडौंलामा नसा, स्नायुको क्षति र खुट्टामा अल्सरको जोखिम  अग्लोपनसँग सम्बन्धित रहेको उनीहरूले पाएका थिए । ५ फिट ९ इन्च वा त्यसभन्दा अग्ला मानिसहरूमा छाला तथा हड्डी संक्रमणको जोखिम रहेको अनुसन्धानकर्ताले बताएका छन् । 

उनीहरूलाई रगत जम्ने, नशामा क्षति हुने र नङमा सङ्क्रमण हुने ठूलो जोखिम रहेको उनले बताएका छन् । रकी माउन्टेन रिजनल भीए मेडिकल सेन्टरका वैज्ञानिकहरू अग्ला मानिस किन स्वास्थ्यसँग सम्बन्धित समस्याबाट पीडित हुन्छन् भन्ने बारेमा केही खुलाएका छैनन् ।

रगत लामो दूरीसम्म पम्प गर्नुपर्ने र शरिरलाई स्वस्थ राख्न अनिवार्य मानिने रगत प्रवाहमा कटौती हुने एउटा सिद्धान्त छ । शरीरको धेरै मास बोक्दा हड्डी, मांसपेशी र खुट्टामा थप भार पर्न सक्ने, अनुसन्धानकर्ताहरू बताउछन् । तर, अग्ला मानिसमा मुटु रोग, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढीजस्ता जोखिम न्यून हुने उनीहरूको भनाइ छ । 

उचाइ पहिले नै विभिन्न स्वास्थ्य अवस्थाहरूसँग जोडिए पनि यो उनीहरूको जीन वा आहार जस्ता अन्य कारकहरूको प्रभावको कारण हो भन्नेमा भने वैज्ञानिकहरू अनिश्चित छन् । अध्ययनमा अनुसन्धानकर्ताहरूले भीए मिलियन भेट्रान प्रोगाम नामक स्वास्थ्य डाटाबेस प्रयोग गरेका थिए । प्रोग्राममा २ लाख ८० हजार अमेरिकीको तथ्यांक समावेश थियो । 

अध्ययनमा ९१ प्रतिशत सहभागी पुरुष थिए । अध्ययन पीएलओएस जेनेटिक्समा प्रकाशित छ । वैज्ञानिकहरूले स्वास्थ्य समस्या र उचाइबीचको नयाँ सम्बन्ध पनि पत्ता लागेका थिए । अग्लो मान्छेको हात तथा खुट्टामा पनि समस्या देखिने बताएका थिए । यस्तो समस्या बेलायतका १० जनामध्ये १ जनामा देखिन्छ । 

सामान्यतया, अग्लो व्यक्तिहरू धेरै शारीरिक दूरीको कारण तिनीहरूको हात–खुट्टासँग सम्बन्धित समस्याबाट पीडित हुने उनीहरूको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!